२० चैत्र २०८१ बुधबार
image/svg+xml ९:३४ पूर्वाह्न
राजनीति

मिश्र, राणा र नेपाललाई भेटेर कमल थापाले भने : स्वास्थ्यको ख्याल गर्नुस्, हामी छौं, चिन्ता नगर्नुहोस्

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो (शुक्रबार) काठमाडौँको तिनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा सरकारले गिरफ्तार गरेर प्रहरी परिसर भद्रकालीमा राखिएका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्शेर राणा तथा अधिवक्ता स्वागत नेपाललाई भेट गरेका छन्।

भेटका क्रममा थापाले तीनै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेका थिए। तीनै जनाले आफूहरूलाई भेट गर्न आएकोमा थापालाई तीनै जनाले आभार प्रकट गरेका थिए।

भेट गर्न थापा सँगै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलासहितका नेताहरू पनि पुगेका थिए।

प्रकाशित: १६ चैत्र २०८१ २१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App