बुधबार (आज) बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ। बीबीसीका अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडका भूकम्प गएका हुन्। पाकिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १२० किलोमिटर र अफगानिस्तानमा १९३ किलोमिटर तल रहेको छ।
गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले ठूलो विनाश गरेको छ। पछिल्लो जानकारी अनुसार म्यानमारमा २ हजार ७१९ जनाको मृत्यु भएको छ, ४ हजार ५२१ जना घाइते छन्।
म्यानमारमा सडक र सञ्चारको क्षति र गृहयुद्धले राहतमा कठिनाइ भएको छ। भारत र चीनसहितका देशले सहयोग पठाइरहेका छन्। थाइल्याण्डको बैंककमा २० जनाको मृत्यु भएको छ, जसमध्ये १३ जना भत्किएको भवनमा पुरिएर ज्यान गुमाएका हुन्।
प्रकाशित: २० चैत्र २०८१ ०९:०८ बुधबार