३ वैशाख २०८२ बुधबार
image/svg+xml २३:२२ अपराह्न
राजनीति

'प्रचण्ड, ओली, देउवा र बाबुरामले राजाबारे दिएको अभिव्यक्ति उनीहरूकै असफलताको प्रमाण'

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूले राजा र राजसंस्थाबारेको दिएको अभिव्यक्ति उनीहरूकै असफलताको प्रमाण भएको बताएका छन्।

'प्रचण्ड, ओली, देउवा र बाबुरामले राजा र राजसंस्थाबारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन पनि योग्य छैनन्। त्यो उनीहरूको हतास मनस्थितिको उपज र असफलताको प्रमाण हो,' अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले यसलाई लोकतन्त्रको आवरणमा गरिएको ब्रम्हलुट र विदेशमा लुकाएको सम्पत्ति कसरी जोगाउने भन्ने छटपटी भएको आरोपसमेत लगाएका छन्। 'जनभावनाको अनादार नगर्न आग्रह छ,' उनले थप लेखेका छन्।

पछिल्लो समयको राजा र राजावादी सक्रियताका प्रति यी नेताहरूले निर्मम टिप्पणी गरिरहेका छन्। उनीहरूले पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासबाट समेत 'खेद्ने'सम्मको अभिव्यक्ति दिएका छन्।

प्रकाशित: १० चैत्र २०८१ १७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App