२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २:१ पूर्वाह्न
राजनीति

अध्यक्ष दाहालको तस्बिर जलाउने राप्रपा नेता विमानस्थलबाट पक्राउ

फोटो स्रोत: ज्ञानुजङ्ग लामा, बागमती प्रदेशसभा सदस्य, राप्रपा।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ परेका छन्। 

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई भरतपुर विमानस्थलबाट चितवन जिल्ला प्रहरी कार्यालयले आइतबार दिउँसो पक्राउ गरेको राप्रपा महामन्त्री शरदराज पाठकले जानकारी दिए । 

शनिबार हेटौँडामा आयोजित कार्यक्रममा पताँलाका उनले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालको तस्बिरमा आगो लगाउँदै गणतन्त्रविरोधी नारा पनि लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। कार्यक्रममा सहभागीलाई पनि दाहालविरुद्ध नारा लगाउन उनले उक्साएको दाबी प्रहरीको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई दाहालले भाइमारा र मूर्ति चोर भन्दै आलोचना गरेपछि राप्रपा आक्रोशित देखिएको छ। पताँला पक्राउ परेको पुष्टि गर्दै राप्रपा महामन्त्री धवल शमशेर राणाले तत्काल रिहा गर्न माग गरेका छन्। 

प्रकाशित: ३ चैत्र २०८१ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App