२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको प्रश्न : दिनभर कार्यक्रममा व्यस्त छु, कहाँ बिरामी देख्नु भयो मलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सञ्चार माध्यममा आफू बिरामी भएको भन्दै आएका समाचारहरु प्रति आश्चर्य व्यक्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न कार्यक्रममा सहभागी भएर सोमबार बिहानमात्रै काठमाडौं आएका प्रधानमन्त्री ओलीले यहाँ पनि दिनभर कार्यक्रममा सहभागी भइरहेको बताए । 

प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले काठमाडौंमा दुई वटा कार्यक्रममा सहभागी भएको र प्याब्सनको बाहेक अझै केही कार्यक्रम बाँकी नै रहेको जानकारी दिए ।

उनले भने, 'कञ्चनपुर, कैलाली जिल्लाहरुमा गएर कार्यक्रम गरेर बिहानमात्र काठमाडौं आएको हुँ । घर पुग्दा १० बजेको थियो । त्यसपछि केही काम थिए । केही बैठकहरु थिए । जसले एक बजायो । बिहानदेखि काममै छु । यो भन्दा अगाडि दुई वटा कार्यक्रममै सहभागी भएर, उद्घाटन गरेर आएको हुँ । योपछि पनि केही कार्यक्रम छन् । कहाँ बिरामी देख्नु भयो मलाई ?'

प्रकाशित: २६ फाल्गुन २०८१ १७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App