२६ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

शाहीलाई रिमालको 'काउन्टर' : चोरहरू काँक्रा चोरेर खान्छन्, पोल खुल्ने डरले बियाँ अर्काको गालामा टाँस्छन्

नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई काउन्टर दिएका छन्।

शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीले नै राख्न निर्देशन दिएको दाबी गर्दै स्टाटस लेखेपछि रिमालले काउन्टर दिएका हुन्।

रिमालले सामाजिक सञ्जालमा लेख्दै डिसइन्फरमेसनको सहारामा एक्कासी मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै भएको बताएका छन्। उनले भने, 'यी मानिस कति द्वीविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५-५ चोटी एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवाल/जवाफ गर्नु छैन। कसले कहाँ के गर्दैछ, समाचार त आएकै छ नि!'

शाहीले आज सामाजिक सञ्जालमा लेख्दै भनेका थिए, 'हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ।'

यो पनि पढ्नुहोस्

शाहीको दाबी : राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगीको फोटो प्रधानमन्त्री ओलीले नै राख्न लगाएका हुन्

प्रकाशित: २६ फाल्गुन २०८१ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App