राप्रपा नेपालले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको महामन्त्री राजाराम बर्तौलाले बताए।
महामन्त्री बर्तौलाका अनुसार बैठकमा मुलुकको पछिल्लो समय विकसित घटनाक्रम, आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणलगायतका बारेमा छलफल हुनेछ।
यस्तै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आह्वानबारे पनि छलफल हुनेछ। 'त्यसबारे अत्यन्तै महत्त्वका साथ बैठकमा छलफल हुनेछ,' उनले भने।
पूर्वराजाको सन्देशपश्चात् पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजावादी, हिन्दूवादी र सङ्घीयता विरोधी एक भएर अघि बढ्न ढिलाइ नहुने बताएका थिए।
प्रकाशित: १६ फाल्गुन २०८१ १६:३२ शुक्रबार