२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

मुख्य पदहरूमा एमालेका मान्छे भरेर मुलुक नै एमालेकरणको प्रयास भइरहेको छ : कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको सरकारले अध्यादेश ल्याएर गलत गरेको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित पूर्व आप्रवासी समन्वय विभागले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले विगतमा ल्याएको अध्यादेशदेखि अहिले ल्याएको अध्यादेश आफूले विरोध गर्ने गरेको बताएका हुन्।

‘हामी सरकारमा नहुँदा सभापतिले अध्यादेशको विरोध गर्नुभयो मैले सभापतिले ठीक कुरा गर्नुभयो भने,’ नेता कोइरालाले भने, 'अहिले सरकारमा हुँदा पनि अध्यादेशको विरोध गरेको छु। जथाभावी अध्यादेश ल्याउन हुँदैन।’

नेता कोइरालाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले गलत गर्दै छन् भनेर खबरदारी गर्नुपर्ने बताए। सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रको पनि नेता कोइरालाले विरोध गरेका छन्।

कोइरालाले ०८४ को चुनावपछि कांग्रेस पार्टीको अधिवेशन भए पार्टीमा ठूलो क्षति हुने जिकिर गरे। समयमै पार्टीको चुनाव हुनुपर्ने उनको भनाइ छ।

अर्को प्रंसगमा बिस्तारै बिस्तारै थाहा नपाउने गरी देश एमालेकरण हुन लागेकाले सबै सचेत हुनुपर्नेमा जोड दिए। अहिले मुलुकका मुख्यमुख्य पदहरूमा एमालेका मान्छेहरू भरेर मुलुक नै एमालेकरणको प्रयास भइरहेकाले त्यसलाई कांग्रेसले रोक्न जरुरी रहेको बताए।

अहिलेको ७ बुँदे सहमति कार्यान्वयन नगरेको, सरकार सुशासनमा कमजोर र आर्थिक अवस्थामा कमजोरको आरोप नेता कोइरालाले लगाए। नेपाली कांग्रेसको पूर्व आप्रवासी समन्वय विभागले सुर्खेतमा आयोजना गरेको विदेशदेखि स्वदेशसम्म विषयक प्रदेश भेलालाई सम्बोधन गर्न कर्णाली आएका हुन्।

प्रकाशित: ९ फाल्गुन २०८१ १६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App