२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १९:५६ अपराह्न
राजनीति

यो सरकार भ्रष्टाचारलाई निरन्तरता दिनका लागि बनेको हो : लिङ्देन

'राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पैसाका लागि जे पनि गर्ने चलन आएको बताएका छन्। शुक्रबार (आज) कास्कीको पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'समाज अहिले एक प्रकारले द्वन्द्वतर्फ गइरहेको छ। पैसाका लागि जे पनि गर्ने, बेच्ने तर, देश र जनताका लागि केही पनि चलन आयो,' उनले भने।

यस्तै उनले अहिलेको व्यवस्था नै ठीक नभएको बताए। 'समस्या किन भयो भनेपछि व्यवस्था नै ठीक भएन। अब एउटा एउटा कुरा होइन, अब मूल कुरामै सुधार चाहिन्छ। अब व्यवस्थामै सुधार चाहिन्छ,' उनले भने।

अबको व्यवस्थामा प्रधानमन्त्री जनताले प्रत्यक्ष चुन्न पाउनुपर्ने उनले बताए। 'जबसम्म प्रधानमन्त्री जनताले नै चुन्न पाउँदैनन्, त्यतिबेलासम्म प्रधानमन्त्री जनताका प्रति इमान्दार हुँदैन,' उनले भने, 'अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकका रूपमा राजा हुनुपर्छ।'

फरक प्रसङ्गमा उनले सरकार भ्रष्टाचारलाई निरन्तरता दिनका लागि बनेको आरोप लगाए। 'सरकार किन बन्यो भनेको त भ्रष्टाचारलाई निरन्तर गर्न र पहिले भ्रष्टाचार गरेकालाई जोगाउनुपर्ने अवस्था आएछ,' उनले भने।

प्रकाशित: ९ फाल्गुन २०८१ १५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App