२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २:४५ पूर्वाह्न
राजनीति

सांसद शाहीको चेतावनी: राष्ट्रिय सभाले अपमान गर्दै गए कानुनी उपचारमा जान्छु

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूलाई अपमान गरेको विरुद्ध कानुनी उपचारमा जाने बताएका छन्। 

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले राष्ट्रिय सभाले आफूलाई संसदमा नली खुट्टाको हड्डी भन्दै अपमान गरेको र यस्ता गतिविधि बढ्दै गए कानुनी उपचारमा जाने बताएका हुन्।

उनले लेखेका छन्, 'राष्ट्रिय सभाका माननीय सांसदज्यूहरू र राष्ट्रिय सभाले एउटा निर्वाचित सांसदलाई तर्साउने धम्काउने, संसदमा नली खुट्टाको हड्डी भन्दै अपमान गर्ने गतिविधि गर्दै जाने हो भने म पनि संस्थागत रुपमा नीतिगत रुपमा कानुनी उपचारमा जान बाध्य हुनेछु। त्यसैले भन्दछु यस्ता गतिविधि तत्काल बन्द गर्नुस्। सत्य कुरालाई स्विकार्नुस्।'

प्रकाशित: ६ फाल्गुन २०८१ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App