परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतीय समकक्षी एस जयशंकरलाई भेटेकी छन्।
परराष्ट्रमन्त्री राणाले ८औं हिन्द महासागर सम्मेलनको अवसरमा ओमनमा जयशंकरलाई भेटेकी हुन्।
राणले भेटमा आफूले नेपालको विकासका लागि भारतको निरन्तर सहयोग तथा व्यापार, पारवहन र जलस्रोत विकाससम्बन्धी पछिल्ला प्रगतिहरूका लागि धन्यवाद दिएको उल्लेख गरेकी छन्।
'हामीले नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउन प्रतिबद्धता दोहोर्यायौँ,' मन्त्री राणाले भनेकी छन्।
यसअघि उनले त्यहीँ बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेसँग भेट गरेकी थिइन्।
प्रकाशित: ४ फाल्गुन २०८१ २०:०७ आइतबार