प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसदहरूले १ मिनेटभित्रमा प्रश्न सकाउनुपर्ने व्यवस्था गरिएको छ।
आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको ३६ औं बैठकले एक जना सांसदले २ प्रश्न वा एक मिनेटभित्र राख्ने निर्णय गरेको हो।
बैठकमा सभामुख देवराज घिमिरेले बैठकको समयमा सांसदहरूले पूरा समय दिनुपर्ने बताए। सभामुखले भने, बैठकमा माननीयहरूले बोल्ने र हिँड्ने प्रवृत्ति बढेको छ । सांसदहरूले संसद चलेको अवस्थामा पूरा समय दिनुपर्यो । जरुरी बाहेकका काममा संसद चल्न बाहिर समय नदिऔँ । संसद बैठकको अन्तिममा चाहिँ गणपूरक संख्यामात्रै पुर्याउने जस्तो भएको छ । यो ठिक भएन । माननीयहरूलाई समय तय गर्न सहज होस् भनेर कार्य तालिका बनाएका छौँ । तर उपस्थितिमा सुधार आएन ।
प्रकाशित: ४ फाल्गुन २०८१ १२:४१ आइतबार