शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउनका लागि आग्रह गरेका हुन्।
उनले विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई आग्रह गरेका छन्।

प्रकाशित: १२ वैशाख २०८२ १३:३० शुक्रबार





