२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

रविसँग कुरा नमिलेपछि आफ्नै दल बनाएर जाने गृहकार्यमा बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेद्र शाह 'बालेन' नयाँ पार्टी खोल्ने मुडमा देखिएका छन्। 

आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएर आगामी चुनावमा लड्नका लागि बालेनले अग्रसरता देखाएका छन्। उनले बुधबार दिउँसो २ बजेदेखि नै ललितपुरको ज्वागलमा फरक-फरक क्षेत्रका व्यक्तित्वसँग वानटुवान कुराकानी गरेको उनी निकट स्रोतले नागरिकन्युजलाई जानकारी दियो।

स्रोतका अनुसार बालेनले पूर्व विवेकशील पार्टीका मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरज सिंह ठकुरी, सम्भव सिरोहिया, ऋषि धमला, निश्लचल बस्नेत, सिरोज गौतमलगायतसँग वानटुवान कुराकानी गरेका हुन्।

बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उनीसँगै प्रतिष्पर्धा गर्ने छलफलमा बताएको स्रोतको भनाइ छ।

उनी निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नेतृत्व गरेर जाने स्रोतले जनायो। स्रोतका अनुसार बालेनको पार्टीको चुनाव चिह्न 'लौरो' रहने छ। 

यसअघि बालेनले रास्वपा सभापति रवि लामिछानेसँग सँगै मिलेर जाने विषयमा छलफल गरेका थिए।

प्रकाशित: १० पुस २०८२ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App