ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा गएराति भएको आगलागीबाट करिब ९ लाख मूल्य बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमका अनुसार तापेथोक हेल्लोकका दर्शन लिम्बूको घरमा आगलागी हुँदा ९ लाख मूल्य बराबरको क्षति भएको हो। लिम्बूको ढुङ्गा, माटो र काठले बनेको तीनतले घर, घरभित्र रहेका अन्नपात, भाडा वर्तन, लत्ताकपडासहितका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ।
घरमा ठूलो मान्छे नभएको समयमा साना बालबच्चाले आगो ताप्नका लागि बालिएको आगो नियन्त्रण बाहिर गएर आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ।
प्रकाशित: १० पुस २०८२ ११:३५ बिहीबार





