४ चैत्र २०८१ सोमबार
image/svg+xml १८:४५ अपराह्न
राजनीति

बाबुरामसँग पराजित भएपछि नेत्रले भने- अर्कोपटक दुईतिहाइ ल्याएर नेतृत्व गर्नेछु

नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदमा डा. बाबुराम भट्टराईसँग पराजित भएपनि नेत्र चापागाईंले अर्कोपटक दुईतिहाइ मतका साथ नेतृत्व गर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा सम्पन्न नयाँ शक्तिको पहिलो महाधिवेशनमा पार्टी अध्यक्ष पदमा नेत्र बाबुरामसँग फराकिलो मतान्तरले पराजित भए। यसपछि उनले भनेका छन्, 'निरन्तर लाग्नेछु, अर्कोपटक दुईतिहाइ मतका साथ नेतृत्व गर्नेछु।'

उनले आफू वैकल्पिक राजनीतिमा पूर्ण प्रतिबद्ध भएर अझै रचनात्मक र क्रियाशील भएर लाग्ने बताएका छन्।

अध्यक्ष पदमा उम्मेदवारी दिएर आफूले पार्टीको आन्तरिक लोकतान्त्रिकरणमा योगदान गरेको बताएका छन्। 'जनजीविका मुद्दा प्राथमिकता बनाउन सफल म अझै निरन्तर उठाइरहने छु,' उनले भनेका छन्।

यस्तै उनले आफ्नो चुनावी खर्च २० हजार लागेको पनि बताएका छन्।

प्रकाशित: २ फाल्गुन २०८१ १७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App