बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
आजको बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने तयारी गरेको छ ।
आजै महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाई गरेपछि सरकारले नयाँ आईजीपी नियुक्ति गर्न लागेको हो ।
प्रकाशित: ४ चैत्र २०८१ १८:११ सोमबार