५ चैत्र २०८१ मंगलबार
image/svg+xml ७:३९ पूर्वाह्न
समाज

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो । 

नेपाल प्रहरीको आइजीपी लागि थापासँगै एआइजी सुदीप गिरी र टेकबहादुर तामाङको दावी थियो । थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए।

२६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७९ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो। थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए।

प्रकाशित: ४ चैत्र २०८१ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App