अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रशासनवाटै ज्यादती गरेको भन्दै विरोधमा उत्रिएका दलित अधिकारकर्मीहरुले नेपाली कांग्रेसको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार कांग्रेसको केन्द्रीय कार्यालयको सचिवालयमा लिखित माग पत्र बुझाई उनीहरुले गृहमन्त्री रमेश लेखकलाई कारवाहीको माग गरेका हुन् ।
दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार नेलसहित र अन्य अधिकारकर्मीहरु प्रर्दशनसहित सानेपास्थित नेपाली कागे्रसको कार्यालयमा पुगेका थिए । घटनाको विषयमा नेपाली कांग्रेसको धारणा सुन्ने योजना रहेपनि अन्य नेताहरु उपस्थित नभएपछि सचिवालयमा पत्र छोडेर आएको आन्दोलनमा सरिक रेम रसाइलीले बताए ।

गत कात्तिकमा अन्तरजातीय पे्रम विवाह गरेका सर्लाहीका सत्येन्द्र राम(चमार) र नेहा रौनियारलाई प्रहरी प्रशासनकै निर्देशनमा गत पुसमा पक्राउ गरी बालविवाह मुद्दा चलाइएको थियो । सर्वोच्चले मुद्दामा अन्तरजातीय जोडीको पक्षमा फैसला गरेपछि घटना बाहिर आएको हो । घटनापछि पीडितले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएपछि प्रहरीको बयान लिइएको छ ।
प्रकाशित: २५ माघ २०८१ १५:०२ शुक्रबार