२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहालमाथि ओलीको झटारो: घाँटीको नली कत्रो ठुलो? दरबार क्वाप्ल्वाक्क निल्ने !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै ‘दरबार निल्ने घाँटीको नली कत्रो होला ?’ भन्दै प्रश्न गरेका छन्। मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहालको नाम नलिएर यस्तो बताएका हुन्। 

पछिल्लो समय दाहालनिकट पात्रहरू जोडिएर नुवाकोटको सेरा दरबारको जमिन दुरुपयोग भएका समाचार बाहिरिएका थिए। त्यसैतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरेका हुन् । 

‘हामीमाथि औला ठड्याउनेहरूको अहिले म केही भनिरहन चाहन्न,’ प्रधानमन्त्री ओलीले भने, ‘घाँटीको नली पनि कत्रो होला ? के–के निलेको होला ? जमिन पायो क्वाप्ल्वाक्क निल्या छ, दरबार पायो क्वाप्ल्वाक्क निल्या छ ! कत्रो होलो नली ? पेट कत्रो होला ?’ 

त्यस्तै मान्छेले आफ्नो बारेमा कुरा उठाइरहेको पनि प्रधानमन्त्री ओलीले बताए । ‘हाम्रा बारेमा उठाउनेहरू...... अहिले म केही पनि नभनूँ,’ उनले भने। समयले आफै बताउँदै जाने प्रधानमन्त्री ओलीले बताए । 

‘समय क्रममा यस्ता कुरा निस्किँदै जान्छन्, हतार गर्नुपर्दैन,’ प्रधानमन्त्री ओलीले भने । गलतको बोल्ने ठाउँ संसद् रहेको बताउँदै उनले यस्ता कुरा संसद्मा उठाउन उनले एमाले सांसदलाई निर्देशन दिए । 

प्रकाशित: १५ माघ २०८१ १९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App