९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

देशभर किन बढे आगलागीका घटना?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटेको जानकारी दिएको छ। 

त्यसमध्ये १५ वटा आगलागीका घटना भए। विपदमा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो। विपद्का कारण कुल रु १० लाख १२ हजार बराबरको क्षति भएको पाइएको छ। 

प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही, रौतहटका दुई स्थानमा आगलागी भएको छ। बारा, कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरामा आगलागी हुँदा सोलुखुम्बु, ओखलढुङ्गा, म्याग्दी, रुकुमपूर्व, कालीकोटमा वनमा डढेलो लागेको थियो। उदयपुर, रौतहट, सुर्खेत र डोटीमा जनावरको आक्रमणमा घटना घटेका छन्। 

त्यसैगरी, पुस २२ गते बिहानदेखि २३ गतेसम्म देशभर १९ वटा विपदमा घटना घटेका थिए। त्यसमध्ये १७ वटा आगलागीका घटना थिए। पुस २१ गते बिहानदेखि २२ गते बिहानसम्म देशभर कुल २४ वटा विपद्का घटना घटेको देखिन्छ। त्यसमा १८ वटा आगलागीमा घटना रहेका थिए।

प्राधिकरणका अनुसार हिउँद याममा विभिन्न कारणले आगलागीका घटनामा वृद्धि भएको छ। सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ। विद्युत् सर्ट भएको, परालमा कुन्यूमा असावधानीवश आगो लागेको तथा गोठमा सामान्य सावधानी नअपनाइकन आगो बाल्दा क्षति भएको छ। सावधानी अपनाउन, आगो बालेपछि निभाउन तथा ज्वलनशील पदार्थ जथाभाबी नराख्न प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित: २५ पुस २०८२ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App