१७ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

महेश बस्नेत भन्छन्: 'एटीएम वाटर' सञ्चालन बालेनले होइन विद्यासुन्दरले गरेको हो

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरमा सञ्चालनमा रहेको ‘एटीएम वाटर’ मेयर बालेन्द्र साहले नभएर तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सञ्चालनमा ल्याएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले काठमाडौं महानगरमा बालेन साहले  ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएको भनी भ्रम सिर्जना गरेको भन्दै सो काम विद्यासुन्दर शाक्यले गरेको बताएका हुन्।

''एटीएम वाटर' बालेनका पालमा होइन विद्यासुन्दरका पालामा सञ्चालनमा आएको हो ल ! सुजन ढकालजी तपाईंले काठमाडौं महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएर रु एक मा पानी पिउने व्यवस्था गरेर भनेर भ्रमपूर्ण भिडियो बनाउनु भएछ, उनले लेखेका छन्, 'तपाईंले बनाएको भिडियोले भ्रम सिर्जना गर्ला भनेर यहाँ तथ्यसहित केही उल्लेख गरिएको छ । एटीएम वाटर सञ्चालनमा ल्याउन मेयर बालेनको शून्य प्रतिशत पनि भूमिका छैन ।'

बस्नेतले  ‘एटीएम वाटर’ सञ्चालन गर्न २०७६ साल चैतमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ९भ्याली बोर्ड० बिच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको बताएका छन्।

त्यतिबेला आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरूमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको उनले बताएका छन्।

उक्त समयमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको बताउँदै उनले पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भू भगवान पाउमा वाटर एटीएम सञ्चालनमा ल्याएको बताएका छन्।

उनले लेखेका छन्, 'वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटर (एक कप) का लागि ! रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो । यस्तो प्रमाणहरू पनि नखोजी भ्रम फैलाउनु हुन्न । अलिक तथ्यहरू खोज्न मेहनत गर्नु भन्ने सुझाव पनि छ ।'

प्रकाशित: १५ माघ २०८१ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App