१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्ति पार्टीले समाजमा जातीय द्वन्द्व गरायो : राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नागरिक उन्मुक्ति पार्टीले जातीय द्वन्द्व फैलाएको आरोप लगाएका छन् । मिलेर बसेको समाजलाई नागरिक उन्मुक्ति पार्टीले जातीयताका नाममा लडाउने काम गरेको उनको दाबी थियो ।  

नेपाली कांग्रेस कैलाली क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले उन्मुक्ति पार्टीका नेता रेशम चौधरी नेता हुन नसक्ने बताए । ‘नागरिक उन्मुक्तिको भविष्य लामो छैन’ उनले भने, ‘रेशम चौधरी राम्रो प्रतिभा भएका कलाकार हुन् । तर उनी नेता हुन सक्दैनन् ।’  

कांग्रेस कुनै एक जात, धर्म र वर्गका पक्षमा मात्रै नबोल्ने बताउँदै सहमहामन्त्री राठौरले सबैको हकअधिकारका लागि लड्ने र लडेको इतिहास साक्षी रहेको पार्टी भएको बताए । उनले कुनै एक पक्षको मात्रै वकालत गर्ने पार्टीको भविष्य नरहेको बताए ।  

वर्तमान व्यवस्थाको भविष्य कांग्रेससँग जोडिएको उल्लेख गर्दै राठौरले कांग्रेस कमजोर भए यो व्यवस्था नै कमजोर हुने दाबी गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने उल्लेख गरे ।  

नेता कार्यकर्ताहरुको आपसी लडाईँले कांग्रेस कमजोर बन्दै गएको बताउँदै उनले सबै तित्तता त्यागेर एकजुट हुनुपर्ने समय आएको बताए ।  

एकले अर्काको अस्तित्व नस्विकार्ने परिपाटीले पार्टीमा अनुशासनहिनता बढेको बताउँदै राठौरले हरेक नेता कार्यकर्ता अनुशासित हुनुपर्ने र अनुशासन उल्लंघन गर्नेलाई कारवाही गर्नुपर्ने उल्लेख गरे ।  

उनले पार्टीको तल्लो तहमा युवाहरुको सकृयता बढ्दै गएको बताउँदै आगामी १५ औं महाधिवेशनबाट केन्द्रिय समितिमा समेत युवाको संख्याबढ्न सक्ने बताए ।उनले काँग्रेसको भविष्य युवाको हातमा रहेको समेत बताए । 

प्रकाशित: १४ माघ २०८१ १६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App