सत्तारूढ दलहरूको बैठक आज (सोमबार) बोलाइएको छ। बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद् अधिवेशन लगायतका विषयहरूमा छलफल हुने जनाइएको छ।
संसद्को हिउँदे अधिवेशन यहीँ माघ १८ गते (शुक्रबार) बस्दैछ। बैठकको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।
प्रकाशित: १४ माघ २०८१ ०९:४३ सोमबार