प्रेस सेन्टर नेपाल, कोशी प्रदेश अध्यक्षमा राजन समीप निर्वाचित भएका छन्।
शुक्रबार विराटनगरमा सम्पन्न तेस्रो अधिवेशनबाट समीप अध्यक्ष निर्वाचित भएका हुन्।
यस्तै खुल्ला उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सुजता लिम्बू र समावेशी उपाध्यक्षमा सेसेहाङ लाओती निर्वाचित भएका छन्।
महासचिव गोकुल पराजुली निर्वाचित हुँदा खुल्ला सचिवमा ईश्वर थापा, जनजाति सचिवमा डिकेश लामा, महिला सचिवमा बिनु तिम्सिना, मधेशी सचिवमा सत्यनारायण शर्मा र दलित सचिवमा राकेश नेपाली निर्वाचित भएका छन्।
कोषाध्यक्षको जिम्मेवारी झुलन रेग्मीले पाएका छन्। सदस्यमा मोतिराम रसाइली निर्वाचित भएका छन्।
प्रकाशित: १२ माघ २०८१ ०९:४० शनिबार