५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

मुलुक कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्रीमाथि आक्रमण : महासचिव पोखरेल

<br>

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताएका छन्। शुक्रबार (आज) समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीसहितलाई प्रेस चौतारी नेपालमा प्रवेश गराउँदै बलियो उनले यस्तो बताएका हुन्। 

महासचिव पोखरेलले जथाभावी पार्टी खोल्न ‘एजेण्डा’ ले नदिने भन्दै जनताले सोही आधारमा दललाई छान्ने बताए। उनले एमालेका लागि समाजवाद मुख्य विषय रहेको र समाजवाद प्राप्त गर्ने विधि लोकतन्त्र भएको स्पष्ट पारेका छन्। महासचिव पोखरेलले सबै कम्युनिष्ट पार्टीको लक्ष्य समाजवाद रहेकाले एमालेमा आउन आग्रह समेत गरेका छन्। 

“एमालेको लक्ष्य समाजवादमा पुग्ने हो, कम्युनिष्टको अनेक पसल खोलेर समाजवादमा पुग्न सम्भव छैन, सबै कम्युनिष्ट शक्ति एमालेमा आएर समाजवादको बाटो तय गर्नमा सहयोग गर्नुपर्छ”, महासचिव पोखरेलले भने, “एमाले छाडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले) मा फर्किन म आह्वान गर्दछु।” महासचिव पोखरेलले मुलुकलाई कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण भइरहेको भन्दै त्यसलाई प्रतिवाद गर्नुपर्नेमा पनि जोड दिएका छन्। 

उनले अध्यादेश जारी गरे नेपाली कांग्रेस र एमालेबीच हिँड्ने बाटो तय गरेको पनि स्पष्ट पारे।  “पाँचवटा अध्यादेश जारी गरेर हामी दुईवटा पार्टी हिँड्ने बाटो स्पष्ट गरेका छौँ”, उनले भने। कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले  समाजवादको गन्तव्यमा पुग्न सबै कम्युनिष्ट एक ठाउँमा आउनुपर्ने बताएका छन्। उनले प्रवेश गरेकालाई पार्टीमा उचित जिम्मेवार दिइने पनि उल्लेख गरेका छन्। रासस

प्रकाशित: ४ माघ २०८१ २०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App