२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

प्राइम टाइल्सलाई एनएस प्रमाणपत्र

प्राइम टाइल्सले नेपाल सरकार अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस ६१७ अनुसारको एनएस प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै कम्पनी नेपालको वाल  र फ्लोर टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एक मात्र एन एस सर्टिफाइड टायल कम्पनी बनेको जनाइएको छ।

यस प्रमाणपत्रले प्राइम टाइल्सका उत्पादनहरू राष्ट्रियगुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक पुष्टि गरेको कम्पनीले जनाएको छ।  यो उपलब्धि कम्पनीको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आकर्षक डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण समेत भएको कम्पनीको भनाइ छ।

प्राइम टाइल्सका वाल तथा फ्लोर टायलहरू घर, कार्यालय तथा व्यावसायिक भवनहरूका लागि उपयुक्त छन्। एनएस प्रमाणपत्र प्राप्तिसँगै प्राइम टायल्सले  नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताका नयाँ मापदण्डहरू स्थापित गरेको छ।

प्रकाशित: १६ माघ २०८२ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App