१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते (नामसहित)

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्।दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा ‘घुमाउने’ भन्ने स्थानमा सडकमै पल्टिएको हो।

दुर्घटनापछि प्रहरीले उद्धार कार्य गरी घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाएको छ। मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते मध्ये १० जनाको अवस्था माध्यम र २८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। घाइतेहरुको १५ जनाको उपचार मौलाकालिका अस्पताल भरतपुर, पुरानो मेडिकल कलेज भरतपुरमा १३, नयाँ मेडिकल कलेज भरतपुर ४ र जनता केयर अस्पताल मुग्लिङमा ६ जनाको उपचार भइरहेको छ।  

नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेका घाईतेहरुः–

१. जि. दाङ लमही न.पा. १ बस्ने बर्ष ३३ को गणेश चौधरी हात खुट्टामा चोट मध्यम ।

२. ऐ.ऐ. ३ बस्ने बर्ष २१ की रुपा चौधरी निधारमा चोट मध्यम ।

३. ऐ. राप्ती न.पा.५ बस्ने बर्ष २४ की माधुरी चौधरी हात खुट्टा र ढाडमा चोट मध्यम ।  

४. सहचालक ऐ. मसुरिया गा.पा. ३ बस्ने बर्ष २१ को दिनेश चौधरी बाँया कानमा भित्री चोट मध्यम ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेका घाईतेहरुः–

१.जि दाङ गढुवा गा.पा. ३ बस्ने बर्ष ३१ की सिमा चौधरी बाँया हात र टाउकोमा चोट सामान्य ।

२. ऐ.ऐ. ५ बस्ने बर्ष १८ को अभिषेक चौधरी बाँया हात र ढाडमा चोट सामान्य ।

३. ऐ.ऐ. बस्ने बर्ष २१ को सम्राट चौधरी टाउकोमा टोट सामान्य ।

४. ऐ. घोराही उ.म.न.पा. १८ बस्ने बर्ष ३६ को सालिग्राम खत्री क्षेत्री टाको र बाँया हातमा चोट सामान्य ।

५. जि. दाङ शान्तीनगर गा.पा. २ बस्ने बर्ष ६९ को शालिग्राम शर्मा टाको र बाँया खुट्टमा चोट सामान्य ।

६. ऐ. ललमणी गा.पा. २ बस्ने बर्ष ३७ की माँया चौधरी बाँया हात र अनुहारमा चोट सामान्य ।

७. ऐ. लमही न.पा. २ बस्ने बर्ष ३२ को निर्मल चौधरी टाउको र ढाडमा चोट सामान्य ।

८. निर्मल चौधरीकी श्रीमती बर्ष ३१ की गिता चौधरी टाउकोमा चोट सामान्य

९. ऐ.ऐ. बस्ने बर्ष १९ को आवाश चौधरी बाँया खुट्टा र हातमा चोट सामान्य ।

१०. ऐ.ऐ. बस्ने बर्ष ३२ को राजु चौधरी अनुहार र बाँया खुट्टामा चोट सामान्य ।

११. जि दाङ गढुवा गा.पा. २ बस्ने बर्ष ३२ को लिखुराम चौधरी टाउको र ढाडमा चोट सामान्य ।

१२. जि. दाङ घोराही उ.म.न.पा. १८ बस्ने बर्ष ३१ को बाबुराम थापा १कोमा चोट सामान्य ।

१३. ऐ.ऐ. ४ बस्ने बर्ष ४० को शुभराम वाग्ले टाउकोमा चोट सामान्य ।

मौलाकालिका अस्पताल भरतपुरमा उपचार भई रहेका घाईतेहरु (सबै सामान्य)ः–

१. जि. सल्यान छत्रेश्वरी गा.पा. ५ बस्ने बर्ष १८ की लिला कवर मगर टाउकोमा चोट सामान्य ।

२. ऐ.ऐ. बस्ने बर्ष २१ को रमेश कवर मगर टाउकोमा चोट मध्यम ।

३. जि. दाङ गढुवा गा.पा. २ बस्ने बर्ष २७ को मिना चौधरी बाँया खुट्टा भाचिएको मध्यम ।

४. ऐ. लमही न.पा. २ बस्ने बर्ष २१ को प्रकाश चौधरी निधारमा चोट सामान्य ।

५. ऐ.  गढुवा गा.पा. २ बस्ने बर्ष ३० को बिष्णु चौधरी टाउकोमा चोट मध्य मध्यम ।

६. ऐ.ऐ. बस्ने बर्ष २२ की सन्ध्या बफ्रेल टाउकोमा चोट सामान्य ।

७. जि. नुवाकोट पञ्चकन्या गा.पा. ६ बस्ने बर्ष ४० की सुनिता तामाङ टाउकोमा चोट सामान्य ।

८. ऐ.ऐ. बस्ने बस्ने बर्ष ४२ को सुकमान तामाङ टाउको र कम्मरमा चोट मध्यम ।

९. ऐ. ऐ. बस्ने बर्ष ४५ को बुद्दी ब. तामाङ ढाडमा चोट सामान्य ।

१०. ऐ.ऐ. बस्ने बर्ष २० को सन्देश तामाङ दाहिने हातमा चोट सामान्य ।

११. जि. दाङ धोराही उ.म.न.पा. १६ बस्ने बर्ष ६० को फणेन्द्र पछाई हात खुट्टामा सामान्य चोट ।

१२. जि. दाङ नारायणपुर बस्ने बर्ष ६० की उमा गौतम टाकोमा चोट मध्यम ।

१३. जि. रोल्पा होलेरी गा.पा. ७ बस्ने बर्ष ५० को बिष्णु बस्नेत टाउकोमा चोट मध्यम ।

१४. जि.  दाङ धोराही उ.म.न.पा. बस्ने बर्ष ४१ को शान्ती हमाल सामान्य चोट पटक ।

१५ शान्ती हमाली छोरी बर्ष १० की प्रमिसा हमाल सामान्य चोट पटक ।

जनता केयर अस्पताल मुग्लिङमा उपचार भई रहेका घाईतेहरुः–

१. जि. दाङ घोराही उ.म.न.पा. १७ बस्ने बर्ष २४ को दिनेश चौधरी हातमा चोट।  

२. जि. रोल्पा रुम्ती गा.पा. ९ बस्ने (रुम्ती गा.पा. ९ का वडा अध्यक्ष ) बर्ष ३५ को चेत लाल खत्री  हातमा चोट ।  

३. जि. दाङ घोराही उ.म.न.पा. १० बस्ने बर्ष २९ को चक्र सिंह ( हात र टाउकोमा चोट ।  

४.बस चालक जि. दाङ शीतलनगर गा.पा. २ बस्ने बर्ष ३४ को सुभाष ओली  ।  

५. जि. दाङ गडुवा गा.पा. २ बस्ने बर्ष २६ को श्रीराम चौधरी  टाउको र  हातमा चोट ।  

६.बस चालक (दुर्घटना हुदाको समयमा चलाउने चालक) जि. दाङ लमही न.पा. २ बस्ने बर्ष २६ को विपिन चौधरी ।

प्रकाशित: १६ माघ २०८२ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App