नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएका बेला भन्दा अहिले ठिक महसुस गरेको दाबी गरेका छन् । मङ्गलवार सिन्धुपाल्चोकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले जनतामा जान पाउँदा रिल्याक्स महसुस भएको दाबी गरेका हुन् ।
‘अहिले जनतासमक्ष आउन पाउँदा ज्यादै रिल्याक्स गरिरहेका छौँ,’ दाहालले भने, ‘प्रधानमन्त्री हुनुभन्दा अहिले बढी सहज महसुस भइरहेको छ । जनताको विश्वास, भरोसा र माया पनि बढेको लागेको छ ।’
यही कारण आफू सरकार ढाल्न तिर नलागेको दाहालको थप दाबी थियो । ‘हामीले धेरै बल नै गर्नुपर्दैन । यो सरकार अन्ततः ढल्नु नै छ। मैले मिति पनि तोक्न ठिक हुन्न । कांग्रेस संस्थापन पक्षकै नेताहरू असन्तुष्ट छन्,’ दाहालले अगाडि भने ।
प्रकाशित: १ माघ २०८१ १२:३५ मंगलबार