२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई कांग्रेस नेताको आरोप: ‘सात बुँदे’ कार्यान्वयनमा जिम्मेवार भएनन्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनुसिंह महरले कांग्रेस–एमालेबिच भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाएका छन् । शनिवार कांग्रेसका सम्पर्क समितिका अध्यक्षहरूसँग छलफल कार्यक्रममा महरले यस्तो आरोप लगाएका हुन् । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सात बुँदे सहमति सार्वजनिक गर्दा जनतामा उत्साह छाएको थियो। दुई ठुला दल मिल्दा निराश जनतामा आसा जागेको थियो। संविधान संशोधनको अपेक्षा थियो,’ नेता महरले भने, ‘सरकार बनेको ६ महिना बित्दा पनि सहमतिका कुनै विषय पनि अगाडि नबढ्नु दुखद हो। यसले जनतामा पुनः निराशा पैदा गरिरहेको छ।’ 

सहमति कार्यान्वयनमा ढिलासुस्ती भइरहेकाले कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेर गम्भीर समीक्षा गर्नुपर्ने प्रस्ताव महरले राखे। उनले भने, ‘कांग्रेस केन्द्रीय समिति बैठकमा यसको गम्भीर समीक्षा आवश्यक छ ।’

सरकारको नेतृत्वकर्ताबाट नै सहमति विपरीत अभिव्यक्ति आउनुले पनि थुप्रै संशय पैदा गरेको महरले बताए। ‘प्रधानमन्त्री अभिव्यक्तिले आसाभन्दा निराशामा परिणत गरेको छ। यो गम्भीर विषय बन्न पुगेको छ,’ महरले भने । 

प्रकाशित: २७ पुस २०८१ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App