२१ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रीय समिति बैठक: दाहालको प्रतिवेदनमा छलफल जारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल जारी छ।

बैठकको सुरुआतमा अध्यक्ष दाहालले धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको हो।

हिजोको बैठकमा दाहालले राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गरेका थिए। दाहालले आगामी निर्वाचनमा कांग्रेस र एमालेबाहेक साना वाम तथा प्रगतिशील शक्तिहरूसँग मिलेर चुनाव लड्ने प्रस्ताव राखेका थिए।

दाहालले जनतामाझ पुग्न पहिलो चरणमा हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस अभियान र त्यसपछि मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका थिए।

प्रकाशित: २२ पुस २०८१ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App