राप्रपा नेपालको केन्द्रीय समिति बैठक काठमाडौंमा सुरु भएको छ। बैठक पार्टीका नेता स्वर्गीय रमेश अर्यालको सम्झनामा एक मिनेट मौन धारणबाट सुरु भएको हो।
बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशाबारे प्रतिवेदन प्रस्तुत गरेका छन्।
काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा चलिरहेको बैठकमा शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायतका विषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिवेदन उापाध्यक्ष डा. विष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष धिरेन्द्र झा, संगठन विभागको प्रतिवेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिवेदन सहमहामन्त्री हिक्मतजङ्ग भण्डारी, गैरसरकारी विभागको प्रतिवेदन सहमहामन्त्री महेश्वर रोक्काले प्रस्तुत गरेका छन्।
कार्यपत्र र प्रतिवेदनमाथि धारणा राख्ने क्रम सुरु भएको छ। बैठक भोलिसम्म चल्नेछ।
प्रकाशित: १९ पुस २०८१ १६:४९ शुक्रबार