२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

विद्युत् उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला बिक्री गर्नु होइन : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गरेका छन्।

ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गरेका हुन्। मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गरे। उनले भने, 'नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउन सकिन्छ। यो सम्भव छ।'

सोही क्रममा उनले विद्युत् उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला बिक्री गर्न नभएको उल्लेख गरे। उनले विद्युत् बिक्री नगरी मुलुक धनी र समृद्ध हुन नसक्ने मन्त्री खड्काको जिकिर छ। उनले भने, 'विद्युत् उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला बिक्री गर्नु होइन। विद्युत् बिक्री नगरी मुलुक धनी भएर समृद्ध हुन सक्दैन। यो भाष्यलाई परिवर्तन गर्न जरुरी छ।'

मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत् उत्पादन गर्ने र आन्तरिक खपतका लागि जोड दिँदै बाँकी रहेको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको बताए। उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने उनको भनाइ छ। संरचना र नीतिगत परिवर्तनका लागि सरकार तयार रहेको उनले बताए।

उनले जलविद्युत् क्षेत्रमा देखिएका वनका समस्या, जग्गा प्राप्ति जस्ता समस्याहरूलाई समेत समेटेर छिटो छरितो गर्ने, हिउँदको समयमा विद्युत् अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको जानकारी दिए।

भारतसँग विद्युत् बिक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे ९ सय मेगावटसम्म बिक्री गर्न सफल भएको बताए। भारतमा विद्युत व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको उनले जाकारी दिए। 

मन्त्री खड्काका अनुसार विगतमा विद्युत् निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भए पनि यो वर्ष १० अर्ब बढी नाफामा रहेको छ। बंलादेशमा विद्युत् बिक्री गर्ने विषयमा मूर्त रूपमा दिएर अन्तरदेशीय विद्युत् व्यापारको ढोका खोलेको उनले बताए।

प्रकाशित: १५ पुस २०८१ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App