१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक अपराह्न बस्ने भएको छ।  

अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक घटनाक्रमका साथै स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा छलफल गर्न पराधिकारी बैठक बोलाएका हुन्। अनौपचारिक भनिएको उक्त बैठक अपराह्न ३ बजे खुमलटारमा रहेको अध्यक्ष दाहालको निवासमा बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध हुने पदाधिकारीहरू सहभागी हुने अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।  

माओवादीको स्थायी समिति बैठक पुस १८ देखि र केन्द्रीय समिति बैठक २१ गतेदेखि बस्ने तयारी छ।

प्रकाशित: १४ पुस २०८१ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App