राजनीतिक विश्लेषक मुमाराम खनालले सबैभन्दा ठूलो, स्थापित र लोकतान्त्रिक दल नेपाली कांग्रेसमा विभाजन देखिनु निकै दुखद भएको बताएका छन्।
उनले पार्टीका मुख्य नेताहरूको अत्यन्त गलत राजनीतिक निर्णय, लामो समयदेखिको सांगठानिक गतिरोध र अराजनीतिक गठबन्धनका कारण मुलुक आज गम्भीर राजनीतिक चेपमा फसेको बताएका छन्।
नेपाली राजनीतिक इतिहास र कांग्रेसको विरासतलाई सिर्जनात्मक ढंगले पुनर्निर्माण गर्नुबाहेक अर्को विकल्प नरहेको खनालको भनाइ छ। उनले सिर्जनात्मक विनिर्माणको नाममा नचाहिँदो बोझ बोकेर बिस्तारै घिस्रिनुभन्दा बोझ फालेर छिटो अघि बढ्नु नै बुद्धिमानी हुने बताए।
‘आजको आवश्यकता घिस्रिँदै हिँड्ने कांग्रेस होइन, गगन थापा र विश्वप्रकाश शर्माको गति र सोचसँगै अघि बढ्न सक्ने कांग्रेस मुलुकलाई चाहिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रकाशित: १ माघ २०८२ ०९:४२ बिहीबार





