राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरान प्रदर्शनकारीलाई मृत्युदण्ड दिने निर्णयबाट पछि हटेको छ। रोयटर्सको रिपोर्टअनुसार इरानका विदेश मन्त्री अब्बास अराघचीले बुधबार इरानतर्फबाट कसैलाई पनि मृत्युदण्ड दिने कुनै योजना नरहेको बताएका छन्।
फक्स न्युजको ‘स्पेसल रिपोर्ट विथ ब्रेट बेयर’ कार्यक्रममा दिएको अन्तर्वार्तामा विदेश मन्त्री अराघचीले भने, ‘मृत्युदण्ड दिने कुनै योजना छैन। फाँसीको प्रश्न नै उठ्दैन।’ उता बुधबार नै राष्ट्रपति ट्रम्पले इरानमा प्रदर्शनकारीहरूको हत्या रोकिएको दाबी गरेका छन्।
यसअघि इरान सरकारले प्रदर्शनकारीमाथि छिटो मुद्दा चलाउने र तत्काल मृत्युदण्ड दिने घोषणा गरेको थियो। इरानले बुधबार २६ वर्षीय प्रदर्शनकारी इरफान सुलतानीलाई मृत्युदण्ड दिने तयारी गरेको थियो। यस निर्णयपछि ट्रम्पले इरानलाई कडा जवाफ दिने धम्की दिएका थिए। ट्रम्पले भनेका थिए, ‘यदि उनीहरूले मृत्युदण्ड दिए भने, तपाईंले केही भयानक देख्नुहुनेछ।’
प्रकाशित: १ माघ २०८२ ०९:४८ बिहीबार





