प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गर्नैका लागि यो सरकार बनेको बताएका छन्।
शनिबा (आज) काठमाडौंमा आयोजित माओवादी केन्द्र, काठमाडौं-सोलुखुम्बु सम्पर्क समन्वय समितिको पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्।
'भ्रष्टाचार गर्न नपाएर छटपट्याएर भ्रष्टाचार गर्नैका लागि यो सरकार बनेको हो,' नेता श्रेष्ठले भने, 'यो त प्रष्टै छ।'
माओवादी केन्द्रको नेतृत्वमा बनेको पछिल्लो सरकारले राम्रो काम गरेको दाबी उनको छ। 'त्यसैकारण पछिल्लो स्थानीय तह उपनिर्वाचनमा जनताले माओवादीलाई साथ दिएका छन्,' नेता श्रेष्ठले भने।
प्रकाशित: १३ पुस २०८१ १८:२७ शनिबार