१३ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

रवि पक्राउपछि रास्वपाले गुहारेको थियो बालेन

गत कात्तिक २ गते पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गुहारेको थियो ।

यो कुराको पुष्टि रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका हुन् ।

शुक्रबार (आज) बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कार्यवाहक महामन्त्री बुर्लाकोटीले भनेका छन्, 'परिवर्तन पक्षधरसँग संवाद र छलफल गरेका छौँ, विमर्शहरू गरिरहेका छौँ, त्यसकै एउटा उपजका रूपमा संवाद गरेका हौँ । देश निर्माणका लागि सबैसँग संवाद गर्दै सबैलाई एक ढिक्का बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैको एक नियमित प्रक्रियाअन्तर्गतको उक्त भेट हो ।’

रवि लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका थिए। त्यसलगत्तै पोखरा लगिएका उनी अहिले पनि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् ।

उनीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ । यस सम्बन्धमा शुक्रबार मात्रै उनको बयान सकिएको छ।

प्रकाशित: १२ पुस २०८१ २०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App