१५ पुस २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा आप्रवासी सङ्कट, एकै रातमा झण्डै ८ लाख मानिस बेघर

संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस बिषयमा रेकर्ड राख्न सुरु गरेको थियो।

सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो।

ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, “यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन्।”

जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई सङ्कटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसङ्ख्याको यो वृद्धि, लगभग ७ प्रतिशतले बढेको छ।

सीमामा कमजोर सुरक्षाको कारण आप्रवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी दक्ष नभएका कारण उनीहरू बेरोजगार बन्ने र घरबारबिहीन हुने क्रम बढ्ने गरेको छ। यसबाहेक दुव्र्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारबिहीन बन्ने गरेका रिपोर्टमा उल्लेख गरिएको छ।

ह्वाइट हाउस र अमेरिकी आवास तथा शहरी विकास विभागका अधिकारीहरूका अनुसार, बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि नै यो सङ्कट कम भएको जनाएका छन्। अधिकारीहरूले गैरकानुनी रूपमा सीमा पार गर्ने क्रम निकै कम भएको बताएका छन्।

प्रकाशित: १४ पुस २०८१ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App