जवान सुगन्ध
जब त्यही शिशु हुर्केर जवान हुन्छ, उसको शरीरबाट बेग्लै सुगन्ध निस्कन थाल्छ। सेक्स हार्मोन बनेपछि यस्तो परिवर्तन आउने गर्छ। पसिना बनाउने एक्राइन ग्रन्थि र छालाको महत्वपूर्ण ग्रन्थि सेबेसियसलाई सक्रिय बनाउँछ।
पसिना बनाउने अकितम् ग्रन्थिले पानी र नून निकाल्छ जबकि एपोक्राइन ग्रन्थिले प्रोटिन र अन्य पग्लिएका पदार्थहरू वाष्पीकृत भएर बाहिर निस्कन्छ। हाम्रो शरीरभित्र रहेको लिपिड र सीबमजस्ता पदार्थ यिनै ग्रन्थिहरूबाट बाहिर निस्कन्छन् र यिनै कुराले हरेक मानिसले आफ्नै किसिमको विशिष्ट सुगन्ध सिर्जना गर्छ। तर यिनै विशिष्ट सुगन्धमा ब्याक्टेरिया पनि मिसिन थाल्यो भने सुगन्ध दुर्गन्धमा परिणत हुन थाल्छ। त्यसैले केही युवकका छेउमा केही युवती पुग्नेबित्तिकै नाक खुम्च्याउन थाल्छे।
शरीरको गन्धमा आएको परिवर्तनका कारण आफ्ना सन्तानलाई चिन्ने बाउआमाको क्षमता कम हुन पुग्छ। नयाँ गन्धमा बानी पर्न पनि केही समय लाग्छ। यही अवधिमा युवक आफ्ना बुवाआमाबाट प्राकृतिक रूपमा टाढिने कारणले पनि बुवाआमाले उसको शरीरको सुगन्धको प्रकार बुझ्न सक्तैनन्।
चिन्न सजिलो
सेबेसियस ग्रन्थिले निकाल्ने पदार्थको जुन तेज गन्ध हुन्छ, वयस्क हुञ्जेलसम्म निकै कमजोर हुन थाल्छ। तर शरीरले निकाल्ने अन्य किसिमको पदार्थ खासगरी नून र पसिनाका कारण उसको शरीरको खास किसिमको गन्ध स्थायी बन्न पुग्छ। त्यसो त केही मानिसले आफ्नो दुर्गन्ध घटाउँछन् र त्यसका लागि उनीहरूले उचित खानपिन र तनावजस्ता कुरामा ध्यान दिन्छन्।
शरीरको खास हार्मोन र छालामा स्थायी रूपमा पाइने माइक्रोबायोमका कारण पनि मानिसको गन्धको स्थायीपन कायम रहन्छ। मानिसमा भएको गन्धको निकै ठूलो भूमिका हुन्छ। खासगरी अँधेरो र भिडभाडमा। जनावरहरूले आफ्नो या पराया सुँघेर नै पत्ता लगाउँछन्। त्यस्तै अँधेरो र भिडभाडमा आफ्ना मान्छेलाई मान्छेले पनि सुँघेर नै पत्ता लगाउनु पर्ने हुन्छ।
वृद्धावस्था र सुगन्ध
उमेर बढ्दै जाँदा हाम्रो छालाको लचिलोपन कम हुँदै जान्छ। शरीरले क्रमशः पसिना पनि कम छाड्न थाल्छ। यस्ता कुराको कमीका कारण वृद्धावस्थामा शरीरको तापक्रम स्थिर राख्न गाह्रो हुन्छ। उमेर बढ्दै जाँदा सेबेसियम ग्रन्थि रसाउन छाड्छ। यसको आकारमा पनि परिवर्तन हुन्छ। यसले शरीरमा एन्टिअक्सिडेन्टको मात्रा कम हुन्छ।
खासगरी भिटामिन ई र स्कोलिनको मात्रा न्यूनस्तरमा झर्छ। एन्टिअक्सिडेन्टको मात्रा कम हुन थालेपछि शरीरमा अक्सिडेसनको क्रिया बढ्न थाल्छ। यो क्रियाले वृद्धवृद्धाहरूमा अनौठो गन्ध पलाउन थाल्छ। यस किसिमको गन्धलाई जापानीहरूले केरिशो नामकरण गरेका छन्।
वैज्ञानिकहरूका अनुसार ४० वर्षको उमेरपछि छालामा फ्याटी एसिड खासगरी ओमेगा सेभेन र पलमाइटोलिक एसिडले आफ्नो काम गर्ने प्रक्रिया नै परिवर्तन गर्छन्। जसका कारण शरीरको गन्ध पनि परिवर्तन हुन्छ। जब कुनै छेउका वृद्धवृद्धाको अनौठो गन्ध आउँछ, हामीलाई अचानक हाम्रा हजुरबा–हजुरआमा याद आउन सक्छ।
प्रकाशित: १४ पुस २०८१ ०८:३१ आइतबार