१० पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीसँग एकताका लागि वामदेवले बनाए तीन सदस्यीय वार्ता टोली

एकता राष्ट्रिय अभियानले नेकपा (एकीकृत समाजवादी) सँग एकताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।  

एकीकृत समाजवादीमा तेस्रो वरीयाता पाउने पक्का भएपछि एकताका लागि तयार भएका वामदेव गौतमले आफू नेतृत्वको एकता राष्ट्रिय अभियानलाई समाहित गराउने प्रक्रिया अघि बढाएका हुन्। महासचिव डीबी कार्कीको संयोजकत्वमा गठन भएको वार्ता टोलीमा अभियानका सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला सदस्य छन्। 

एकीकृत समाजवादीले यसअघि नै अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटालाई एकताको जिम्मा दिएको थियो। दुवैतर्फबाट गठित समितिले आवश्यक छलफल गरी एकीकरणको खाका तयार गर्नेछ। त्यसलाई अन्तिम रूप दिएर एकता घोषणा हुने नेताहरूले बताएका छन्।

प्रकाशित: ९ पुस २०८१ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App