सहकारी ठगीसम्बन्धी मुद्दामा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का नेता दीपेश पुनलाई पनि प्रतिवादी बनाइएको छ ।
सरकारी वकिलले प्रहरी प्रतिवेदनका आधारमा कास्की जिल्ला अदालतमा आइतबार दायर गरेको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको छ ।
पुनलाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले बताइन् । यससँगै पुनमाथि सङ्गठित अपराधमा मुद्दा चल्ने भएको छ ।
पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । उनी यसअघि सुन प्रकरणमा समेत पक्राउ परेर छुटेका हुन् ।
प्रकाशित: ७ पुस २०८१ १५:१८ आइतबार