२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीले बोलायो स्थायी समितिको बैठक

नेकपा माओवादी केन्द्रले आज  स्थायी समिति बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ। बैठकमा आसन्न केन्द्रिय समितिको एजेण्डा र तयारी लगायतका विषयमा छलफल हुने सचिव गणेश साहले बताए।

लामो समयदेखि टार्दै आएको माओवादीको केन्द्रिय समितिको बैठक आगामी पुस ३ गते बस्ने बताइएको छ। सोही बैठकको तयारीका लागि आज स्थायी समितिको बैठक बस्न लागेको हो।

आजको बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा लगायत कार्यसूचीमा राखिएको सचिव साहको भनाइ छ।

प्रकाशित: २७ मंसिर २०८१ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App