२६ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

कम्बोडियामा पैसा छ भन्नेलाई समातेर सोध्दा भ्रम फैलाएको स्वीकारे: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन्। 

सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको बताए। व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बदनाम गरेको बताए। उनले नक्कली चिर्कटो बनाउन एक करोड, ११ लाख तिरेको कुरा प्रसाईं स्वयंले स्वीकारेको पनि बताए। उनले आफ्नो विभिन्न देशका बैंकमा पैसा राखेको भ्रम फिँजाउनेहरूलाई समातेर पुष्टि गर भन्दा बदनामको लागि बोलेको स्वीकार गर्ने गरेको बताए। उनले आफू सच्चाई र इमानदारितामा अडिग रहेको भन्दै भित्रैबाट इमानदार अभ्यास गर्नुपर्ने बताए।

उनले भने, ‘४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२।५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ। अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ। त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरू पनि छन्। यस्ता खालका मानिसहरू पनि छन्। कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरू पनि देखिन्छन्। तिनीहरूलाई समातेर कहाँ छ ल पुष्टि गर त बैङ्कलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बदनाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन्। हामी सच्चाइमा अडिग छौँ। इमानदारिता थोपरेर होइन, आफू भित्रबाट आउनुपर्छ। भित्रबाट इमानदार आचरण गर्नुपर्छ । भित्रबाट इमानदार अभ्यास गर्नुपर्छ।’

प्रकाशित: २४ मंसिर २०८१ १८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App