जापान सरकारको अनुदान एक करोड ३५ लाख रूपैयाँको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ।
बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला) का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरेकाे छ।
उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ। नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित: २७ मंसिर २०८१ १०:२४ बिहीबार