२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

पर्सामा रास्वपा कार्यकर्ताको नारा: 'रवि दाइ नायक हो'

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बयान जारी छ।

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालयमा रविको बयान चलिरहँदा बाहिर भने रास्वपा कार्यकर्ताहरूले नारा,जुलुससहित प्रदर्शन गरेका छन्।

उनीहरुले  रवि दाइ नायक हो, भ्रष्ट सरकार नचली, रवि दाइको रिहा गर, भ्रष्ट सरकार मुर्दावाद, रवि दाइलाई न्याय दे भन्दै नारा लगाएका छन्।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं हुँदै हवाई जहाजमार्फत सिमरा, बारा लगिएको थियो। त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो।

रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

प्रकाशित: २५ मंसिर २०८१ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App