राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ ।
बैठकमा प्रहरी नियन्त्रणमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बयानका क्रममा अनावश्यक दु:ख दिइएको, आराम, सुत्नसमेत नदिइएको लगायतका विषयमा छलफल भइरहेको छ ।
बैठक भर्च्यूअल रूपमा बसिरहेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए । यसअघि चितवनमा राति १ बजे बयान सकाएका लामिछानेलाई आराम गर्न नदिई पोखरा लगिएको थियो । त्यसले उनको मानव अधिकार उल्लङ्घन भएको रास्वपासहित लामिछानेको वकिलले बताएका छन् ।
यही विषयमा छलफल गर्ने गरी उपसभापति डीपी अर्यालले बोलाएको बैठक जारी छ ।
प्रकाशित: २१ मंसिर २०८१ १४:३३ शुक्रबार





