१० पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावका कारण  कोशी  र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली भएको छ। बाँकी भू–भागमा मौसम सफा रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार  रही बाँकी भागमा मौसम  सफा रहने विभागको अनुमान छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले  सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

प्रकाशित: २१ मंसिर २०८१ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App