प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पर्याप्त छलफल गरेर मात्रै बीआरआईमा हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
'बीआरआई जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ । यसमा चिनियाँ पक्षलाई पनि कन्भिन्स गर्नुपर्छ,' नेता कोइरालाको भनाइ छ ।
उनले नेपाली जनताले बीआरआई बुझिनसकेको बताए । नेता कोइरालाले सिर्फ अनुदान र ऋण मात्रै जनताले बुझेको टिप्पणी गरे ।
प्रकाशित: १४ मंसिर २०८१ २०:०३ शुक्रबार