२६ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

सहकारी प्रकरणमा धनराजले भने: छानबिन गरियोस्, तयार छु

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगीमा आफ्नो नाम जोडिएको र छानबिनमा सघाउन तयार रहेको बताएका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गुरुङले पछिल्लो समय आफुविरुद्ध अनर्गल प्रचार भएको र छानबिनको लागि तयार भएको बताएका हुन्। 

उनले भनेका छन्, 'म निष्ठापूर्वक कहीँ कतै नचुकिकन भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको हुँ । जुन विकृतिका विरुद्ध मैले मेरो राजनीतिक जीवनभर लड्दै आएको छु त्यही विषय मेरो टाउकोमा थोपरेर मेरो राजनीतिक जीवन समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका मैले गरेको छु।  मैले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानबिन गर्न सक्नेछन्। म नेपाल सरकारको कुनै पनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार छु।”

यस्तो छ विज्ञप्ति:

प्रकाशित: २७ कार्तिक २०८१ १८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App